मृत्यु संस्कारमा जान मात्र सवारी पास पाइने


न्युज अफ नेपाल, काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मृत्यु संस्कारमा जाने बाहेकका सवारी पास नदिने बताएको छ। सवारी पासको माग अत्यधिक बढ्न गएको र यसबाट लकडाउन उल्लंघन भएको भन्दै पर्शासनले बैसाख ३ गतेदेखि लागुहुने गरि यस्तो निर्णय गरेको हो ।

यसभन्दा अघि सरकारले कोरोना संक्रमण फैलनबाट रोक्न अत्यावश्यक बाहेकका सवारीसाधन रोक्ने निर्णय गरेको थियो भने अत्यावश्यक सवारीसाधनले जिल्ला प्रशासन कार्यालयबाट पास लिएर मात्रै संचालन गर्न पाउने व्यवस्था मिलाइएको थियो।

सरकारले लक डाउन बढाउँदै २०७७ बैशाख १५ गते राती १२ बजेसम्मका लागि पुर्याएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।