गाउँ भरिभराउ,क्वारेन्टाईन रित्तै

0
Shares

सलिम अन्सारी,प्युठान।

कोरोनाभाइरसको संक्रमणबाट जोगिन भारतबाट फर्केकाहरु घरमा पनि क्वारेन्टाइनमा वसेका छैनन् । उनीहरु गाउँ पसेपछि सरकारले भनेजस्तो ‘होम क्वारेन्टाइन’ मा नबसेर निर्धक्कले गाउँघरमा डुलिरहेका छन् । त्यसको अनुगमन समेत हुन सकेको छैन । स्थानीयहरु कोरोना भाइरस भित्रिन सक्ने भन्दै त्रसित छन्।

गाउरनगरपालिकाले गरेको आग्रह पनि उनीहरुले नमान्दा गाउँमा संक्रमणको त्रास बढेको हो । भारतबाट फर्किएकाहरूलाई राख्न जिल्लामा जम्मा १६ वटा क्वारेन्टाइन कक्षका १ सय ९४ शैया तयार छन। त्यस्तै, ५ वटा हेल्पडेस्क छ्न। ती मध्ये १४ वटा क्‍वारेन्टाइन भने अहिले रित्तै छन।

जिल्ला प्रहरीको तथ्याकँ अनुसार पछिल्लो एक साता यता जिल्लामा भारतबाट भित्रनेको संख्या एक हजार ८९ जना छ । उनीहरू मध्ये जम्मा ३३ जना मात्र क्वारेन्टाइनमा बसिरहेका छन्। प्युठान प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले उनिहरुलाई स्वर्गद्धारी नगरपालिका र ऐरावती गाउपालिकाको क्वारेन्टाइनमा राखिएको बताउनुभयो। उहाका अनुसार क्वारेन्टाईनमा राखिएका मध्ये धेरैजसो कृष्णनगर नाकाबाट भित्रिएका हुन। भारतबाट भित्रीएकाहरु मध्ये केहीमाथि समाजिक निगरानी बढाईएको प्रहरीले जनाएको छ ।

साथै सरकारले लागू गरेको ‘लक डाउन’मा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै प्रहरीले स्थानीय स्तरमा समेत जनचेतनामा अभिबृद्वि गर्न माईकिङ लगायत विभिन्न प्रयासहरु गरिरहेको डिएसपी कार्कीले प्रष्ट्र पार्नुभयो ।

नेपाली कांग्रेस प्युठानका युवा नेता प्रमोद पोख्रेलले “संक्रमित संगै भारत सहित अन्य मुलुकबाट आएका नागरिकहरुलाई क्वारेन्टाइनमा राख्न आवाश्यक रहेको बताउनुभयो। ‘के क्वारेन्टाइन निर्माण गरेको समाचार र सामाजिक संजालमा राख्न मात्र हो रु’ उहांको प्रश्न छ । ‘ संक्रमित देशबाट आएका नागरिकहरु गाउँमा पसेका छन।ुउहांले भन्नुभयोुजोखिम अब गाउँमा बढी देखियो।’

स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदि दिनहुँ आएका नागरिकलाई ज्वरो नापेर त्यस्ता संकास्पद मानिसहरूलाई आवश्यक सरसल्लाह दिई पठाउने गरेको बताउनुभयो। उहांले ज्वरो आएका मानिसको चेकजाँच गरी अस्पताल जान सुझाव दिने गरेको र पछि के भयो भनेर फोनमा समेत बुझ्ने गरेको जानकारी दिनुभयो। स्वास्थ्य कर्मचारी, स्वास्थ्य स्वयंसेवक सहित जनप्रतिनिधीहरुको टोलि गाउघरमै पुगेर हरेक नागरिकलाई सेल्फ क्‍वारेन्टाइनमा बस्न आग्रह गरिएको उहाको भनाई छ।

Skip This