मुस्कान खातुनमाथि एसिड प्रहार गर्ने समसाद मियाँ रिहा


काठमाडाैं ।

मुस्कान खातुन एसिड प्रहार गर्ने एक जना अभियुक्त साधारण तारेखमा रिहा भएका छन् । त्रिभुवन माविको कक्षा ९ मा अध्ययनरत मुस्कान एसिड आक्रमणपछि हालसम्म काठमाडौंमा उपचाररत छिन् । जिल्ला अदालतले घटनाका अभियुक्त समसाद मियाँ वैशाख १४ गते पुनः अदालतमा हाजिर हुनेगरी रिहा भएका हुन् ।

समसादलाई उनकी आमा हसिना खातुनले सहीछाप गरी जिम्मा लिएकी हुन् । ज्यान मार्ने उद्योग तथा तेजाब छर्की कुरूप पारेको मुद्दामा बाल सुधार गृहमा रहेका आरोपी समसाद मियाँलाई जिल्ला अदालतले बोलाएको समयमा उपस्थित हुने गरी परिवारको जिम्मा लगाएको हो । भदौ २० गते बिहान छपकैया निवासी मुस्कान खातुनमाथि गणेशमान चोकमा समसाद र मजिद मियाँले एसिड प्रहार गरेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।