नाकको डाँडी भाँच्न १ करोड छुट्याउने मेयर द्वारिकलाल फेरि उस्तै विवादमा



इटहरी ।

पत्रकारको नाकको डाँडी भाँच्न १ करोड छुट्याएको धम्की दिने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी फेरि उस्तै विवादमा तानिएका छन् । तथानाम बालेर गाली गरेर विवादमा आइरहने प्रमुख द्वारिकलाल चौधरीले कोरोना संक्रमणविरुद्ध उपमहानगरपालिकाको तयारीबारे सोध्न खोज्दा मुख खोलेका छन् ।

कोरोना भाइरसको जोखिमसँग लडिरहेका बेला गुमनाम बनेका मेयर चौधरीलाई इटहरीमा भइरहेको तयारीबारे जानकारी लिन खोज्दा उनले मुख छाडेर तथानाम गाली गरेका छन् । कोरोना भाइरसको महामारीको समयमा उपमेयर लक्ष्मी गौतमलाई कार्यवाहक दिएका चौधरीलाई इटहरीको एरिना टेलिभिजनले फोन सम्पर्क गरेर सोध्न खोजेको थियो ।

कोरोनाविरुद्वको तयारीबारेमा संवादका लागि फोन सम्पर्क गरेको टेलिभिजनका प्राविधिकलाई चौधरीले अपशब्द प्रयोग गर्दै तनाथाम गाली गरेका हुन् ।  इटहरीस्थित एरिना टेलिभिजनका सञ्चारकर्मीले त्यहाँ कोरोना भाइरसको त्राससँग जुध्ने तयारी र अन्य जानकारीका लागि बुझ्न खोज्दा मेयर चौधरीले अपशब्द प्रयोग गर्दै गाली गरेको अडियो अहिले भाइरल भएको छ ।

पत्रकारः हेलो मेयरः हेलो पत्रकारः सर नमस्कार मेयरः नमस्कार पत्रकारः सर म एरिना टेलिभिजनबाट हो । मेयरः क्यारे ! पत्रकारः एरिना टेलिभिजनबाट बोलेको सर । मेयरः फोन राख मु…  पत्रकारः सर सन्नु न मेयरः फोन राख मु……. पत्रकारः होइन हौ सर, सन्नु न अनि यो हाम्रो…. मेयर ः फोन राख मा… त तेरो बाउलाई फोन गरे मेयरः फोन राख मा….. त !

प्रतिक्रिया दिनुहोस्