सफाई कर्मचारीलाई ज्वरो मापन गरेर मात्र काम पठाइने, आजबाट सहायता कक्ष शुरु


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागले आजबाट स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ ।

 

बिभागको प्रवेशद्वारमा राखिएको सहायता कक्षबाट सफाइ सम्बन्धि काम गर्ने कर्मचारीको ज्वरो मापन गर्ने, कार्यालय हातामा प्रवेश गर्नेलाई साबुनपानीले हात धुन लगाउने, स्यानिटाइजर र मास्कको प्रयोग गर्न लगाउने गरिन्छ ।

 

नोभल कोरोना (कोभिड — १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कक्ष स्थापना गरिएको हो ।

 

सेवा शुरु भएको पहिलो दिन बिहान ५ बजेदेखि ७ बजेकाबीचमा बिभागका खटिने २०० जना कर्मचारीको ज्वरो मापन गरिएको थियो । मापन गरिएका कर्मचारी कसैमा पनि समस्या नदेखिएको फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख निर्मल बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।