लायन्स क्लब अफ पोखरा पिस टाउनमा सरला तिमिल्सिना



न्युज अफ नेपाल, पोखरा ।

 

लायन्स क्लब अफ पोखरा पिस टाउनको लायन वर्ष २०२०÷२०२१ को अध्यक्षमा सरला तिमिल्सिना सर्वसम्मत निर्वा्चित हुनुभएको छ । शनिवार सम्पन्न क्लबको निर्वाचनमा प्रथम उपाध्यक्षमा शोभा अधिकारी पौडेल, द्वितीय उपाध्यक्षमा सीता तिमिल्सिना सुबेदी, तृतीय उपाध्यक्षमा शोभा आचार्य, सचिवमा सृजना अधिकारी बराल, क्लब प्रशासकमा कान्ती अधिकारी पौडेल, कोषाध्यक्षमा केसी माया, सहसचिवमा बबिता गुरुंग र सहकोषाध्यक्षमा दिप्ती आचार्य चयन हुनुभएको छ।

 

यसै गरी मेम्बरशिप चियरपर्सनमा क्लबका पूर्व अध्यक्ष सबिता बराल, एलसिआइफ कोर्डिनेटरमा पूर्व अध्यक्ष डा बिनिता कोईराला, क्लबसर्भिस चेयरपर्सनमा पूर्व अध्यक्ष सीता कोईराला, इंभारोमेंटल चेयरपर्सनमा पूर्व अध्यक्ष उषा क्षेत्री, क्लब कम्यूनिकेशन मार्के्टिंग एवं कानुनी चेयरपर्सनमा दुर्गा भण्डारी, साथै निर्देशकहरुमा डा निलु हिराचन, आशा पहारी, लक्ष्मी पोखरेल लगाएत निर्वा्चित हुनुभएको निर्वाचन संयोजक एवं क्लबका निवर्तमान अध्यक्ष डा बिनिता शर्मा कोईरालाले जानकारी दिनुभयो।

 

नव निर्वा्चित अध्यक्ष लगाएत सम्पूर्ण टिमलाई कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी बिनोद ढुंगाना, क्लबका गाईडिंग लायन टंकराज अधिकारी, क्लबका अध्यक्ष गीता कार्की निर्वाचन संयोजक डा बिनिता शर्मा कोईराला लगाएतले अबिर र माला लगाइदिनु भएको थियो ।

 

क्लबका निवर्तमान अध्यक्ष डा बिनिता कोईराला संयोजक रहेको निर्वाचन समितिमा पूर्व अध्यक्ष सबिता बराल र सीता कोईराला सदस्य रहनुभएको थियो ।

 

कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी बिनोद ढुंगानाले डिस्ट्रिक्टले अवलम्ब गरेका कार्यक्रमहरुलाई क्लबले प्राथमिकता साथ सम्पन्न गरेकोमा धन्यवाद दिनुभएको थियो ।

 

नव निर्वा्चित अध्यक्ष सरला तिमिल्सिनाले बिगतका बर्षहरूमा जस्तै लायन बर्ष २०/२१ पनि क्लबका साथीहरूको सहयोग र सपोर्टको लागि अनुरोध गर्दै क्लबले नियमित रुपमा गरेका कार्यहरुलाई आगामी दिनमा निरन्तरता दिने बताउनुभयोे ।

 

क्लबका अध्यक्ष गीता कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका गाईडिंग लायन टंकराज अधिकारी, कार्यक्रम संयोजक ड़ा बिनिता कोईराला, पूर्व अध्यक्ष सीता कोईराला, द्वितीय उपाध्यक्ष शोभा पौडेल, सचिव शोभा आचार्य र कोषाध्यक्ष कान्ती पौडेल लगाएतले आआफÞना भनाई राख्नु भएको थियो ।

 

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष ड़ा बिनिता कोईरालाले क्लबका सदस्यहरुलाई कोरोना भाईरस सम्बन्धी जानकारी एवं सचेतना गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्