विदेशी नागरिकलाई अस्ट्रेलिया प्रवेशमा रोक


सिड्नी । शुक्रबारदेखि अस्ट्रेलियामा विदेशी नागरिकलाई प्रवेश निषेध गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी रुपमा फैलिदै गएपछि अस्ट्रेलिन प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार राति ९ बजेदेखि प्रतिबन्ध लागू हुने जनाएका छन् ।

कोरोना संक्रमणबाट अस्ट्रेलियामा ६ जनाको मृत्यु भइसकेको छ । यस्तै, बिहिबारको तथ्यांक अनुसार ६३६ व्यक्तिमा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।