रंगमञ्च मेरो काम गर्ने थलो हो : सरिता गिरी



रंगकर्मी सरिता गिरीको करिअरले दुई दशक छुनै लागेको छ। पत्थरको कथा नामक नाटकबाट अभिनय शुरू गरेकी सरिताले कुमारी, बोक्सीको घर, स्वास्नी मान्छे, मिस मावरी डन जस्ता एकल नाटकबाट विशेष प्रतिभा प्रदर्शन गरी दर्शकलाई मोहित गरेकी छिन् भने हालसम्म तीन सयभन्दा बढी नाटकमा अभिनय गरिसकेकी छन्। सरिताले बधशाला, नागरिक, रेड मनसुन, चंगा चेट, माछा माछा, बादशाह जुट, कागजपत्र, आमालगायत करिब डेढ दर्जन फिल्ममा अभिनय गरेकी छिन्। अभिनय प्रशिक्षण दिँदै आएकी उनले नाटक मञ्चनका क्रममा मस्को, नर्वे, स्विडेन, डेनमार्क, अस्टे«लिया, जापानलगायत करिब एक दर्जन देशको भ्रमण गरेकी छन्। उनै सरीतासँग नेपाल समाचारपत्रकी संवाददाता रश्मी थापाले गरेको कुराकानी यहाँ प्रस्तुत छ :

हाल के गर्दै हुनुहुन्छ ?

अहिले एक सर्ट फिल्मको सुटिङ गरिरेको छु। आमा फिल्म पनि रिलिज भएको छ। जसले अहिले राम्रो रेस्पोन्स पनि पाएको छ।

दुई दशकको यात्रामा तपाईंका लागि रंगकर्म के रहेछ ?

मेरा लागि चाहिँ रगंकर्म काम गर्ने थलो हो। चाहे जुनसुकै क्षेत्रमा भए पनि सबैले आ–आफ्नो कर्म गर्ने थलो हुन्छ। मेरा लागि पनि रंगमञ्च काम गर्ने थलो हो। यो क्षेत्रमा प्रत्यक्षरूपमा दर्शकको माया र प्रतिक्रिया पाइन्छ। राम्रो काम गरे माया गर्नुहुन्छ। यो दर्शकसँग प्रत्यक्षरूपमा इन्ट¥याक्सन गर्ने, दर्शकको माया पाउने र कलालाई अभिव्यक्त गर्ने ठाउँ हो।

नाट्य क्षेत्रमा नभएको भए कुन क्षेत्रमा हुनुहुन्थ्यो होला ?

नाटकमा नभएको भए सायद नर्सिङ पेसातिर हुन्थें कि ! किनभने मलाई त्यो फिल्ड मन पथ्र्यो।

आफ्नो रुचिका कारण यो क्षेत्रमा आउनुभयो कि कसैका कारण लाग्नुभयो ?

म खासमा कराँतेमा रुचि राख्थें, कराँतेको नेसनल प्लेयर नै थिएँ। एसएलसी दिएपछि ३ महिनाको समय के गर्ने भन्ने सोचमा थिएँ। त्यही बेला किन थिएटर ज्वाइन नगर्ने त भन्ने लाग्यो र ज्वाइन गरें। यसमा मलाई वीरेन्द्र हमाल अंकलले इन्सपायर गर्नुभएको थियो। खालि समयको सदुपयोग हुन्छ र नयाँ कुरा सिकिन्छ, थिएटर कस्तो हुन्छ त बुझौं न त भन्ने हिसाबले ज्वाइन भएको थिएँ। नाटक सिक्न थालेसँगै काम गर्दै जाँदा दर्शकको ताली र मायाले मलाई तान्दै लाग्यो। म यहाँसम्म आउनुका कारण दर्शक पनि हो। थिएटरमा काम गर्दा त दर्शकको माया पाइँदोरहेछ। यही काम गर्नुपर्छ भन्ने लाग्यो। गुरुकुलको पहिलो ब्याचमा नाटक सिक्न भर्ना भएँ र २ वर्ष होस्टलमै बसेर नाटक सिकें। गुरुहरू सुनील पोखरेल, वीरेन्द्र हमाललगायतले नाटक सिकाउनुभयो। धेरै वर्ष गुरुकुलमै रहेर काम गरें, गुरुकुल बन्द भएपछि चाहिँ फ्रिल्यान्सरका रूपमा काम गरिरहेको छु।

नाट्य क्षेत्रमा लागेका शुरूको दिन र अहिले के–कस्तो परिवर्तन पाउनुभएको छ ?

सबै कुरा समयह हो, समयअनुसार केही परिवर्तन त भएका छन्। तर, अहिलेको सिनारियो हेर्दा खासै परिवर्तन देखेको छैन। अहिलेसम पनि नेपाली रंगमञ्च क्षेत्र प्रोफेसनल हुन सकिरहेको छैन। प्रविधिक कुराहरूको विकास भएका छन्। तर, कन्सेन्ट तथा कलाकारको काममा सुधार हुन सकेको छैन। पछिल्लो समय नाटकको क्वालिटीभन्दा क्वान्टिटी बढाउन लागे मान्छेहरू। अभिनयको हिसाबले पहिलेभन्दा झन कमजोर हँुदै गएको पो हो कि जस्तो फिल हुन्छ।

महिला कलाकारलाई थिएटरमा काम गरिराख्न गाह्रो थियो। विवाहपछि नाटक गर्ने कि नगर्ने भनेर चिन्ता हुन्थ्यो। सबैभन्दा नराम्रो लाग्ने कुरा– कतिपय महिला कलाकारको २/४ वर्ष नाटक ग¥यो तर विवाहपछि उसकोे थिएटर लाइफ नै सकिन्थ्यो।

त्यो बेला महिला रंगकर्मीको अवस्था कस्तो थियो, अहिले कस्तो छ ?

यो कुरामा अलिकति परिवर्तनचाहिँ आएको हो। नाटक खेल्न बाहिरबाट काठमाडौं आउने चलन थियो। त्यसरी फिमेल आर्टिस्ट, नाटक खेल्न हिँड्दा कुरा काट्ने चलन थियो। म भने यो मामलामा एकदमै लक्की थिएँ। म यहीको लोकल भएका कारण अभिभावकले पनि कहिल्यै पनि बन्धनमा राखेनन्। तर, त्यही बेलाका कतिपय महिला कलाकारलाई थिएटरमा काम गरिराख्न गाह्रो थियो। विवाहपछि नाटक गर्ने कि नगर्ने भनेर चिन्ता हुन्थ्यो। सबैभन्दा नराम्रो लाग्ने कुरा, कतिपय महिला कलाकारको २/४ वर्ष नाटक ग¥यो। तर, विवाहपछि उसको थिएटर लाइफ नै सकिन्थ्यो। धेरैले यही क्षेत्रमा करिअर बनाउने चाहना भए पनि छोड्नुपर्ने अवस्था थियो। त्यही पनि हामीसँग गुरुकुलमा नाटक सिकेका साथीहरू यस्तो कुरामा अवेर नै थिए। केही साथी पलायन हुनुभयो। अरूणा कार्की यूएस जानुभयो, सिर्जना सुब्बा, लुनिभा तुलाधर जस्ता धेरै कलाकार कन्टिन्यु काम गरिरहनुभएको छ।

रंगकर्मीले नाटकमा मात्र निर्भर भएर जीवन चलाउन सकिने अवस्था छ ?

पारिश्रमिकको हिसाबले हेर्दा अलिकति गाह्रो छ। फिल्महरूमा आफ्नो पारिश्रमिक लिएर काम गर्ने चलन हुन्छ। तर, थिएटरमा त्यस्तो हुँदैन। नाटकबाट कति पैसा उठ्छ, त्योअनुसार हल चार्जदेखि विभिन्न कुरापछि मात्र आर्टिस्टलाई पारिश्रमिक दिइने हुँदा कमाइ मिनीमम हुन्छ। सर्भाइव हुन गाह्रो छ। त्यही कारण अहिले थिएटर आर्टिस्टहरू एड, म्युजिक भिडियो, मोडलिङ आदि गरिरहनुभएको छ। सस्टेन त हुन्छ, तर यही क्षेत्रबाट कमाउन भने गाह्रो छ। हामीजस्तो यही क्षेत्रमा १०/१५ वर्ष बिताइसकेका कलाकारको एक प्रकारको पारिश्रमिक हुन्छ र त्यहीअनुसारको अफर पनि गर्नुहुन्छ। तर, अहिलेको भाइबहिनीहरूलाई भने सजिलो छैन।

 विभिन्न नाटक लिएर विभिन्न देशमा जानुभयो, त्यहाँ र यहाँ नाटक क्षेत्रलाई हेरिने दृष्टिकोणमा के फरक पाउनुभयो ?

नेपालमा यही क्षेत्रलाई अँगाल्छु, यसैलाई करिअर बनाउँछु भन्न सकिने अवस्था अझै भइसकेको छैन। म गएका अधिकांश देश र नेपालमा नाट्य क्षेत्रमा धेरै नै फरक पाएँ। त्यहाँ ६ महिना नाटक गरेर ६ महिना सस्टेन हुन सकिने अवस्था छ। त्यहाँ कुनै पनि कलाकार वर्षभरि नाटक खेलेर बस्दैनन्। उनीहरू नाटकलाई जबका रूपमा नै लिँदैनन्। तर, हामीले चाहिँ यही क्षेत्रलाई रोज्यौं र यसैमा करिर बनाउने भनेर लागि प¥यौं। अन्य देशमा नाटकलाई पेसा नबनाउँदै पनि नाटकबाट मज्जाले सर्भाइभ भइरहेका छन् भने हामीले यही क्षेत्रलाई पेसा बनाउँदा पनि सस्टेन्ट हुन सजिलो छैन। मैले विभिन्न देशका कलाकारलाई हामी त प्रत्येक दिन नाटकमा अभिनय गर्छौं भन्दा उनीहरू अचम्म मान्थे। अर्को कुरा त्यहाँ थिएटरहरू पनि ठूल्ठूला हुन्छन् र दर्शक पनि हुन्छन्। हाम्रोमा एक त दर्शक नै कम छन् र दर्शक ल्यायौं भने पनि ठूलो संख्यामा अट्ने थिएटर छैनन्। २/३ वटा गर्भमेन्ट थिएटर छन्, बाँकी सबै व्यक्तिको इच्छाले खोलेका नन गर्भमेन्ट थिएटर हुन्। थिएटरमा चेन्ज ल्याउन कोशिस गरिरहेका हुन्छौं, कसरी यसलाई प्रोफेसनल बनाउने, अडियन्सलाई कसरी थिएटरमा ल्याउने त भन्ने कुरा पनि भइरहेको हुन्छ। तर, ती दर्शक अटाउने थिएटर नै छैनन् भनेपछि विदेश र यहाँ कति फरक होला त ?

थिएटरमा विदेशी कथा बढी मञ्चन भएको देखिन्छ के कारणले होला ?

त्योचाहिँ म मान्दिनँ, कृति भनेको कुनै देशको भन्ने हुँदैन संसारले पढ्ने कुरा हो। कसैको कृति सापटी लिएर म नाटक गर्छु भन्दा जो–कोहीले पनि पाउँछ। हामीले नेपालीकरण गरेर मञ्चन गरेका कतिपय नाटकले समाजमा चेन्ज ल्याउँछ। लास्ट टाइम हामीले इटालियन कृति कान्ट पे वान्ट पेलाई नेपालीमा सकेको तिरौंला नत्र फिरिमा नाममा मञ्चन ग¥यौं, जसको कन्टेन्टले नेपाली राजनीतिलाई निकै छोयो। कुनै नेपाली कृति मन पराएर अन्य देशको थिएटरमा पनि मञ्चन गर्न पाइन्छ नि।

रंगकर्मको अविस्मरणीय क्षण ?

त्यस्तो धेरै तीतामीठा क्षण छन्। कुनै बेला एकदमै रमाइलो पनि लाग्यो भने कुनै बेला थिएटर मेरा लागि होइनरहेछ छोडौं जस्तो पनि लाग्यो। कुनै बेला कला क्षेत्रमा लाग्ने डिसिजन किन गरेछु जस्तो पनि लाग्यो। तर, आफूले रुचाएको नर्सिङ क्षेत्र धेरै अगाडि नै छोडेर आएको थिएँ। जे–जस्तो भए पनि यहाँसम्मको यात्रा सम्झिँदा अहिले खुुसी लाग्छ। यहाँसम्म आएको दर्शकको मायाका कारण नै हो।

केही समयअघि प्रेम सम्बधमा रहनुभएको कुरा बाहिरिएको थियो विवाहका बारे के सोच्नुभएको छ ?

विवाह भन्ने कुरा गर्छु भनेर हुँदोरहेनछ, लगन जुर्नुपर्दो रहेछ। लगन जु¥या छैन होला सायद। प्रेम सम्बन्धका बारेमा साथीहरूले सोध्दा–सोध्दा जिस्किएर पनि अँ छ गर्ने हो भनिन्छ। म कुनै समय प्रेम सम्बन्धमा थिएँ होला, अहिले छैन। म प्रायःजसो काम काम भनेर हिँडिरहेको हुन्छु, त्यस कारण पनि प्रेम र विवाहबारे सोच्ने समय नभएको होला।

प्रतिक्रिया दिनुहोस्