पोखरा फुटबल मैदानको काम ८० प्रतिशत सकियो

१३ हजार ५ सय सिट जडान



विजय नेपाली,पोखरा  ।

पोखरा रंगशालामा निमार्णाधीन अवस्थामा रहेको फुटबल मैदानको ८० प्रतिशत निमार्ण कार्य सम्पन्न भएको छ । १६ हजार ५ सय दर्शक क्षमताको सम्झौता अनुसारको कामको २० प्रतिशत मात्र काम बाकिँ रहेपनि राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) ले २० हजार दर्शक क्षमताको बनाउने भने पछि थप ३ हजार ५ सय सिटको लागि समेत डिजाइन फाइनल अवस्थामा पुगेको छ ।

प्यारापिट सहितको फुटबल मैदानमा ४ ब्लगहरु रहेका छन जस मध्ये ब्लग ए, सि र डि को सिट जडान समेत भइसकेको छ भने ब्लग वि को लागि ग्रान्ड स्ट्यान्ड राख्ने तयारी गरिएको छ । ए, सि र डि ब्लग गरि १३ हजार सिट समेत जडान भइसकेको छ । अब डि ब्लगमा साढे ३ हजार सिट जडान गर्न बाकिँ रहेको छ । त्यस बाहेक ३ हजार ५ सय सिट थप जडान गरि २० हजार दर्शक क्षमताको बनाउने भन्ने योजना राष्ट्रिय खेलकुद परिषद् ( राखेप) संग सम्झौता भएको छ ।

“ हाम्रो खासमा १३ हजार ५ सय दर्शक क्षमताको रंगशाला बनाउने सम्झौता भएको हो, १६ हजार ५ सय चाहिँ चैत्र अन्तिमसम्म सम्पन्न गर्ने सम्झौता भएको हो र हामीले निर्धारित समय भित्र नै कार्य समपन्न गर्छौ” प्रोजेक्ट इन्जिनियर पुरुषोत्म बरालले बताउनुभयो । “ ३ हजार ५ सय सिट जडानको लागी डिजाइन फाइनल गर्न बाकीँ छ त्यो पनि फाइनल भएर आए हामी काम शिघ्र रुपमा गर्छौ ” बरालले भन्नुभयो ।

निर्धारित समय भित्र नै प्यारापिट सहितको मैदानमा सिटको काम केहि अघि नै सकिए पनि अन्य साना साना फिनिसिङको काम बाकीँ रहने इन्जिनियर बरारलले जानकारी दिनुभयो । सम्झौता अनुसार हेर्दा फिजिकल प्रोसेस प्रोजेक्ट तर्फ ८५ प्रतिशत काम समपन्न भएको छ । त्यस्तै इकोनोमिकल प्रोजेक्ट तर्फ ८० प्रतिशत काम सकिएको छ । त्यो हाराहारीमा हेर्दा मैदान सम्पन्न हुन अब २० प्रतिशत मात्र काम बाकीँ रहेको छ ।

मैदान र सेन्थिटिक ट्र्याकको काम चाहीँं पुर्ण रुपमा सम्पन्न भएका छन भने ग्रान्ड स्ट्यान्डको काम ७५ प्रतिशत सकिएको छ । त्यो बाहेकका बाहिरी संरचना भनेको शैचालय निर्माणको काम बाकीँ छ । १७ वटा शौचालय मध्ये १० वटाको काम लगभग समपन्न भइसकेका छन भने ७ वटा निर्माणाधीन अवस्थामा रहेको छ । चेन्जिङ रुम, भिआइपी रुम, मिडिया सेन्टर देखी अफिस समेत रहने प्रि फाइभ विल्डीङको पनि करिब ५० प्रतिशत काम समपन्न भइसकेको इन्जिनियर बरालले जानकारी दिनुभयो ।

राष्ट्रिय खेलकुद परिषद्ले १ अर्ब २८ करोड २२ लाखमा ठेक्का सम्भौता गरेको हो । यो आर्थिक वर्षमा नै सक्ने लक्ष्य राखिएको रंगशालामा साधारणका लागि १६ हजार ५ सय, १ सय २५ विशिष्ट र २५ अति विशिष्ट प्यारापिट निर्माण हुने भनिए पनि थप ३ हजार ५ सय सिट जडान गर्ने योजना अघि बढाइएको छ । फुटबल मैदान, चेञ्जिङ रुम, एथलेटिक्स ट्र्याक तथा मिडिया सेन्टर लगायतका पूर्वाधार निर्माण गरिने छ ।

फुटबल रंगशाला फिफाको मापदण्ड अनुसार हुने छ । प्यारापिटका लागि आवश्यक कुर्सी फ्रान्सबाट आयात गरिएको हो । विसं २०४० सालमा निर्माण गरिएको फुटबल मैदानको विशिष्ट कक्ष २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति समेत पुगेको थियो ।

त्यस लगतै साग लक्षित गरि फुटबल मैदान पुननिमार्णको काम अघि बढाइएको हो । गत मंसिर महिनामा १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्ग महिला फुटबल सम्पन्न भएको थियो भने फागुन २२ गते हुने आहा गोल्डकप समेत निमार्णाधिन रंगशालामा नै हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्