अमेरिकामाथि नेपालको शानदार जित



न्युज अफ नेपाल,काठमाडौं ।

आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकामाथि ८ विकेटको शानदार जित निकालेको छ।

स्पीनरद्वय सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ गर्दै १० विकेट लिएको खेलमा नेपालले अमेरिकालाई हराएको हो ।

आईसीसी क्रिकेट वर्ल्डकप लिग २ मा दोस्रो जित हात पारेको हो ।त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले आइतबार अमेरिकालाई ८ विकेटले हराएको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सन्दीपले ६ र सुशनले ४ विकेट लिएपछि अमेरिका १२ ओभरमै ३५ रनमा अलआउट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्