रोकिराखिएको स्कुटरमा अज्ञात व्यक्तिद्वारा आगजनी



न्युज अफ नेपाल, ललितपुर ।

कुपण्डोलमा रहेको एक पुस्तकालय पछाडि रोकिराखिएको स्कुटर सोमबार दिउँसो अज्ञात व्यक्तिले जलाईदिएको छ । ललितपुर महानगरपालिका– १०, कुपण्डोल हाइटस्थित साता आकी पुस्तकालय पछाडि रोकिराखिएको रातो रङको प्रदेश ३–०२, ००८ प, २७६४ नं.को स्कुटर जलाईदिएको हो ।

आफ्नो ससुराको वार्षिक पुण्यतिथिको निम्ता दिन त्यस स्थानमा पुगेकी समिता मगियाको स्कुटर रोकेर गएको करिब २० मिनेटमा उक्त मोटरसाइकलमा आगो लागेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा लगाइएको आगो स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको छ।

आगो लगाई भाग्ने अज्ञात व्यक्तिको खोजी गरी कडाभन्दा कडा कारवाही गरिने प्रहरीले जनाएको छ । तीनदिनअघि त्यही स्थानमा रोकिराखिएको स्थानीय व्यक्तिको स्कुटरमा पनि चक्कुले सिट तथा अगाडिको भागमा काटिदिएको प्रहरलिे बताएको छ ।

प्रतिक्रिया दिनुहोस्