‘नेपाल पूर्णरुपमा सुरक्षीत छ’ भन्ने सन्देश फैलाउन टान अन्तर्राष्ट्रिय लिगलिगकोट–बारपाक हुने



न्युज अफ नेपाल, काठमाडौं ।

भूकम्पको केन्द्रविन्दु बारपाकमा टान अन्तर्राष्ट्रिय लिगलिगकोट–बारपाक म्याराथन प्रतियोगिता हुने भएको छ । पर्वतिय पर्यटनको प्रवद्र्धन गर्दै भ्रमण बर्ष २०२० लाई सफल पार्न ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले वैशाख १२ गते म्याराथन प्रतियोगिता गर्न लागेको हो ।

‘नेपाल पूर्णरुपमा सुरक्षीत छ’ भन्ने सन्देश विश्वभर फैलाउन म्याराथन आयोजना गरिएको टानका अध्यक्ष खुम बहादुर सुवेदीले बताउनु भयो । ६२ किलोमिटरको उक्त दौडका लागी गोरखाका विभिन्न स्थानिय तहहरु संग समन्वय एवं सहकार्य गर्दै कार्यक्रमलाई सफल बनाउने सुवेदीले बताए ।

भूकम्पपछि टानले रसुवाको लाङटाङमा आयोजना गरेको टान अन्तराट्रिय लाङटाङ म्याराथन प्रतियोगिताले सो क्षेत्रको पर्यटकीय स्थलको प्रचारप्रसार सँगै पर्यटकलाई सो क्षेत्र पदयात्रा का लागी सुरक्षित छ भन्ने सन्देश दिएको थियो ।

टानका महासचिव सरिता लामाका अनुसार बारपाक लिगलिगकोटमा आयोजना हुने म्याराथनले पनि यस क्षेत्रको पर्यटन प्रवद्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्