जलविद्युत आयोजनाको नहरले बगाउँदा बालिकाको मृत्यु



सिर्जना पन्त, बागलुङ ।

बागलुङको बडिगाड गाउँपालिकामा चार वर्षीया बालिकाको नहरले बगाएर ज्यान गएको छ । बडिगाड गाउँपालिका–५ ग्वालीचौरकी ४ वर्षीया सिजन नेपालीको आमासँग भाँडा धुन गएको समयमा नहरले बगाएर ज्यान गएको हो ।

सोमबार विहान नहरमा भाँडा धुन गएकी आमासंग खेल्दै गएकी नेपाली स्थानीय ग्वालीचौर जलविद्युत आयोजनाको नहरमा खसेकी थिईन् ।

विकलाई नहरले बगाएर २ सय मिटर तल पुर्याएको र तत्काल उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारका लागि लैजाने क्रममा मृत्युु भएको प्रहरी चौकी ग्वालीचौरका प्रहरी हवल्दार दिपेन्द्र सिंह विसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्