शिवानन्द स्वामी धरौटी बुझाउन नसकेपछि जेल चलान



न्युज अफ नेपाल, काठमाडौं।

शिवानन्द स्वामी नामले चिनिने दीपक भण्डारी धरौटी बुझाउन नसकेपछि जेल चलान भएका छन् । ३५ लाख धरौटीमा रिहा हुने आदेश दिए पनि धरौटी तिर्न नसकेपछि उनी जेल चलान भएका हुन् ।

शिवानन्द स्वामीलाई विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट करिब ४० लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ । शिवानन्द स्वामीलाई जिल्ला अदालत काठमाडौंले ३५ लाख धरौटीमा रिहा हुने आदेश दिएको थियो ।

न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले आइतबार धरौटीमा रिहा हुने आदेश दिए पनि धरौटी तिर्न नसकेपछि उनी जेल चलान भएका हुन् ।

उनलाई गत पुस २८ गते महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । उनले युरोप पठाउने भन्दै ठगी गर्दै आएका थिए । उनी योग सिकाउने गुरुसमेत रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्