स्रोत नखुलेको साढे ५ लाखसहित भारतीय पक्राउ



कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्जको रजतजयन्ती चोकबाट स्रोत नखुलेको ५ लाख ५० हजार नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लाको पूर्वी चम्पारण रक्सौल डुमरिया टोल बस्ने ५० वर्षीय सुरेश महत्तो रहेका छन् ।

बीआर ०५ एए ७३१९ नम्बरको मोटरसाइकलमा भारतको रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेको अवस्थामा वीरगन्ज महानगरपालिका नम्बर १६ स्थित रजतजयन्त्री चोकबाट उक्त रकमसहित उनी आइतबार पक्राउ परेका हुन् ।

अवैध वित्तिय कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा उनलाई पक्राउ गर्न सफल भएको र उनीमाथि थप अनुसन्धान अघि बढाएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्