मोटरसाइकल नम्बरका कारण मूर्ति चोर प्रहरीको फन्दामा



सरोज यादव, विराटनगर ।

मोरङको रंगेली नगरपालिकास्थित संसारी माई मन्दिरमा चोरी गर्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । सो चोरीको घटनामा संलग्न रंगेली नगरपालिका ३ बस्ने भुवन पराजुलीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।

गएको माघ २२ गते राति सो मन्दिर परिसरबाट संसारीमाताको मुर्तिको टाउकोमा लगाउने मुकुट,छत्र,त्रिशुल,सिक्री,पित्तलको गणेश र संसारीमाताको पुरानो मुर्ती लगायतका ११ लाख ३५ हजार मुल्य बराबरको सामाग्रि चोरी भएको थियो । चोरीको सो घटनामा संलग्न पराजुलीलाई मोरङ प्रहरीले आज पत्रकार सम्मेलनगरि सार्वजनिक गरेको हो ।

प्रहरीले पराजुलीलाई सार्वजनिक गर्नुका साथै उनको घरबाट बरामद भएको चोरीका सामाग्रि र चोरी गर्नेक्रममा मन्दिरको सिसि क्यामरामा रेकर्ड भएको चोरीको दृष्य समेत सार्वजनिक गरको छ । सिसिटिभि फुटेजमा मोटरसाईकलको नम्बर देखिएपछि अनुसन्धान गर्दै जाँदा सामान सहित अभियुक्तलाई पक्राउ गर्न सफल भएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनुभयो ।

अभियुक्त पराजुलीले माघ २२ गते राती १० बजेर ५४ मिनेटमा मन्दिरस्थलमा प्रवेशगरि चोरी गरेका थिए । अभियुक्तले चोरी गरेका सामाग्रिहरु उनले घरको बक्स पलंग मुनि लुकाई राखेको अवस्थामा बरामद गरेको छ । प्रहरीले वारदातामा प्रयोग भएको ज १२ प ५४६८ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ । अयिुक्त विगतमा फाइनान्स कम्पनीमा काम गर्ने ब्यक्ती रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्