करणी गर्ने पुनः स्थापनाका सुरक्षागार्ड पक्राउ



न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौंको बुढानिनिलकण्ठ–६ बिष्णुमतीमा रहेको हाम्रो फेलोसिप पुनः स्थापना केन्द्रका सुरक्षा गार्ड उपचारार्थ रहेका महिलालाई करणी अभियोगमा पक्राउ परेका छन् ।

उक्त पुनस्थापना केन्द्रमा सुरक्षागार्ड लगायत व्यवस्थापनको काम गर्दै आएका नुवाकोटको बेलकोटगढी–१२ घर भएका २५ वर्षीय बिशाल भनिने रमेश प्रसाद वाग्ले पक्राउ परेका हुन ।

पुनः स्थापना केन्द्रमा उपचारार्थ रहेकी महिलालाई करणी गरेको गोप्य सूचनाका आधारमा अनुसन्धानमा खटिएको महानगरीय अपराध महाशाखाको टोलीले छानविनका लागि उनलाई नियन्त्रणमा लिएको हो ।

उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्