सगरमाथा आरोहणपछि सामाजिक सेवामा कल्पना



न्युज अफ नेपाल, ललितपुर ।

सगरमाथा चढ्ने कल्पना साकार भएकोमा कल्पना महर्जनले सबैप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी सगरमाथा चढ्न सक्नुको श्रेय सबैलाई दिँदै उहाँले सबैलाई धन्यवाद दिनुभयो ।

उहाँले नेपाल र तिब्बतबाट सगरमाथाको चुचुरोे पाईला टेकेर नयाँ किर्तिमान कायम गर्नुभएको थियो । एक वर्षको अन्तरालमा गत वर्ष र यस वर्षको जेठ महिना ९ गतेको दिन नेपाल र तिब्बतबाट पत्रकार महर्जनले सगरमाथाको चुचुरोमा पाईला टेक्नुभएको थियो ।

पर्वतारोहण व्यवस्थापन कम्पनी एक्स्पेरियन्स आउटडोर्स नेपाल प्रा.लिले आयोजना गरेका कार्यक्रममा उहाँले शान्ति शिक्षा अभियानको सहयोगमा पाँंच वटा जिल्लाका विभिन्न स्कुलहरुमा शिक्षामार्फत अभियान सुरु गरेको बताउनुभयो । शिक्षा मार्फत् बाल विवाह रोक्न सक्ने विश्वासका साथ आफूले यस्तो अभियान सुरु गरेको उहाँले बताउनुभयो ।

प्रा.लिले नेपाल र तिब्बतबाट सगरमाथा आरोहण गर्ने उहाँ सम्भवत विश्वकै पहिलो महिला पत्रकार रहेको दाबी गरेको छ । धन्यवाद संगैपत्रकार महर्जनले बाल विवाहविरुद्धको अभियान शुरु गर्नुभएको छ । शुक्रबार राजधानीमा भएको कार्यक्रममा उहाँले ललितपुरको महालक्ष्मी नगरपालिका ६ सिद्धिपुरस्थित भानोदय प्राविबाट अभियान सुरु गर्नुभएको हो ।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले विभिन्न एक दर्जन व्यक्तिहरुलाई पनि सम्मान गर्नुभयो ।कल्पनाको सगरमाथा आरोहणमा प्रत्यक्षअप्रत्यक्ष रुपमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको हो। कार्यक्रममा पूर्व उपप्रधानमन्त्री सिंहले शुक्रबारदेखि नै सञ्चालनमा ल्याइएको भिजिट नेपाल यूट्यूव च्यानलको पनि शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा शताव्दी पुरुष सत्यमोहन जोशीले एक पटक असफल र दुई पटक सफल सगरमाथा आरोहण गर्न सफल कल्पनालाई अबका दिनमा बाल विवाहविरुद्धको सफल आरोहण गर्न सफल हुने शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा पर्यटनसँंग सम्बन्धित विभिन्न व्यक्तिहरुले पनि आआफनो धारणा राखेका थिए।

ललितपुरको महालक्ष्मी नगरपालिका सिद्धिपुरमा २०४२ सालमा जन्मनुभएका कल्पनाले पहिलो पटक सन् २०१४ मा सगरमाथाको असफल आरोहण गनुभएको थियो ।

आरोहणकै क्रममा दुर्घटनामा परेपछि उहाँलाई त्यहीबाट हेलिकोप्टरबाट उद्धार गरी एक हप्तासम्म अस्पतालको कोमामा राखेर उपचार गरेपछि उनी बाच्न सफल हुनुभयो । त्यसपछि दोश्रो पटक उहाँले सन् २०१८ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गर्न सफल हुनुभयो । त्यसपछि फेरि उहाँले सन् २०१९ मा दोस्रोे पटक पुनः सगरमाथाको सफल आरोहण गर्न सफल हुनुभयो ।

प्रतिक्रिया दिनुहोस्