झारफुक गर्न पुगेकी युवती बलात्कारको सिकार बनिन्..



न्युज अफ नेपाल, कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडबाट १४ वर्षीया किशोरी बलात्कारको आरोपमा १ व्यक्ति पक्राउ परेका छन् ।
बिरामी युवतीलाई झारफुक गर्ने बहानामा युवती बलात्कार गरेको गरेको अभियोगमा घोडाघोडी नगरपालिका–१, हिम्मतपुरका ४५ वर्षीय हरिप्रसाद डगौरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

उनले भने, ‘आँखामा समस्या समाधानका लागि झारफुक गर्न गएको आफूलाई डगौराले मन्दिरमा नरिवल चढाउने बहानामा घोडाघोडी तालक्षेत्रको जंगलमा लगेर बलात्कार गरेको पाइएको छ । हामी थप अनुसन्धान गर्दै छौं ।’

माघ २१ गते किशोरी बलात्कृत भए पनि ढिलो गरी जानकारी आएकाले डगौरालाई शुक्रबार मात्रै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका डगौरालाई अहिले जिल्ला प्रहरी कार्यालय, कैलालीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्