विश्वकप लिग २ः अमेरिका र नेपाल भिड्दै, ३१ ओभरको खेल सकिँदा नेपालको १०९ रन



न्युज अफ नेपाल, काठमाडौं ।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा भइरहेको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज अमेरिकासँग खेलिरहेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भइरहेको खेलमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ रोजेको छ भने नेपालले ब्याटिङ गरिरहेको छ । जारी खेलमा ३१ ओभरको खेल संकिदा ५ विकेटको क्षतिमा नेपालले १०९ रन जोडेको छ ।

नेपाली टिममा आज दुई खेलाडी परिवर्तन गरिएको छ । शरद भेषवाकर र रोहित कुमार पौडेलको स्थानमा आज सुवास खकुरेल र कुशल मल्ल पहिलो रोजाइमा परेका छन् ।

कुशलको यो डेब्यु ओडीआई खेल हुनेछ । यसअघि ओमानविरुद्धको खेलमा अर्धशतक बनाएका शरद चोटका कारण बाँकी सिरिजबाट बाहिरिसकेका छन् । उनको स्थानमा वैकल्पिक सूचीमा रहेका सुवाससलाई राखिएको हो ।

प्रतिक्रिया दिनुहोस्