कांग्रेस नेता तथा कार्यकर्तामा वीपीको बिचार पुग्न सकेन: नेता जोशी



न्युज नेपाल, काठमाडौैँ ।

वीपी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशीले नेपाली काँगे्रसका नेता तथा कार्यकर्तामा वीपीको विचार पुग्न नसकेको दाबी गर्नुभएको छ ।

वीपी विचार राष्ट्रिय समाज सल्यानको पहिलो जिल्ला अधिवेशनको आज उदघाट्न गदै प्रमुख अतिथि जोशीले वीपीको विचार अवलम्बन गरेमात्र पार्टी शक्तिशाली बन्ने दाबी गर्नुभयो ।

नेपाली काँगे्रसका नेता समेत रहनुभएका जोशीले काँगे्रसमा गुटउपगुट हाबी हुँदा निरन्तर कमजोर बनेको उल्लेख गर्नुभयो ।

पार्टी कमजोर बन्दा पार्टीले प्रमुख प्रतिपक्षको भूमिका समेत निर्वाह गर्न नसकेको उहाँको जिकिर छ । वीपीले अबलम्बन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादबारे कार्यकर्ताहरुमा सहि ब्याख्या गर्न नसकिएको उहाँको तर्क छ ।

सोही कार्यक्रममा बोल्दै वीपी विचार राष्ट्रिय समाजका महासचिव विनयध्वज चन्दले वीपीको विचारलाई गाउँगाउँ पु¥याउनको लागि समाजले विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको जानकारी दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि चन्दले आफूहरुले थालनी गरेको अभियानले काँग्रेसलाई बलियो बनाउनको लागि महत्वपूर्ण योगदान भएको दाबी गर्नुभयो ।

कार्यक्रममा बोल्दै वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य सुरेन्द्र हमालले वीपीको विचारबारे प्रकाश पार्नुभएको थियो । वीपीको विचारलाई गाउँगाउँमा पु¥याउनको लागि समाजले विभिन्न कार्यक्रमको आयोजना गरेको दाबी गदै काँग्रेसप्रति विश्वास बढ्दै गएको उल्लेख गर्नुभयो ।्

कार्यक्रममा नेपली काँगे्रसका सल्यान जिल्ला सभापति गणेश चन्द, जिल्ला समन्वय समितिका सभापति केशबहादुर विष्ट, नेपाल शिक्षक संघ सल्यानका अध्यक्ष एकराज बुढाथोकी, कर्णाली प्रदेश दलीत संघका उपाध्यक्ष चक्र परियार , नेपाल महिला संघकी केन्द्रीय सदस्य गिरिजा न्यौपाने, कर्णाली प्रदेश सभापति गोरख बहादुर केसी, महासमिति सदस्य टिकाराम रोक्का, प्रदेशसभा सदस्य एकराज डाँगी,रामचन्द केसी लगायतले बोल्नुभएको थियो ।

नेत्रलाल ओलीको सभापतित्वमा २१ सदस्यीय कार्यसमिति

यसैबीच, वीपी विचार राष्ट्रिय समाज सल्यानको पहिलो जिल्ला अधिवेशनले नेत्रलाल ओलीको सभापतित्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा कृष्ण धिताल,सचिवमा रामचन्द केसी सहसचिवमा अनिल लगायतलाई निर्विरोध चयन गरिएको वीपी विचार राष्ट्रिय समाज सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्