ट्राफिक नियन्त्रण तालिम सम्पन्न



काठमाडौं ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा संचालित १४३औं समूहको ट्राफिक नियन्त्रण तालिम बुधबार समापन भएको छ ।

तालिम समापनका अवसरमा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक ढकालले तालिममा हासिल गरेका ज्ञान सिपलाई आफ्नो कार्यक्षेत्रमा लागू गर्दै ट्राफिक प्रहरीमाथि आम नागरिकले गरेको अपेक्षा अनुरुपको सेवा दिनुपर्नेमा जोड दिनुभयो । जोसुकैले ट्राफिक नियम उल्लंघन गर्दा ट्राफिक प्रहरीले निष्पक्ष भएर काम गर्नुपर्ने उल्लेख गर्दै प्रहरी संगठनले अपेक्षा गरे अनुसारको इमान्दार, अनुशासित, व्यवसायिक र जिम्मेवारपूर्वक सेवा प्रवाह गर्नुपर्ने उहाँले बताउनुभयो ।

तालिम संयोजक प्रहरी नायव उपरीक्षक माधव राज खरेलले तालिम सम्बन्धि प्रतिवेन प्रस्तुत गर्दै ४५ दिन कार्यावधिको उक्त तालिममा प्रहरी हवल्दार ७ र प्रहरी जवान ६८ जना गरी जम्मा ७५ जना प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्