विपी प्रतिष्ठान धरानको उपकुलपतिमा १६ जनाको आवेदनः ओली, प्रचण्ड र स्वास्थ्यमन्त्रीका छुट्टाछुट्टै उम्मेदवार



सरोज यादव, विराटनगर ।

धरान स्थीत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको लागि १६ जनाले आवेदन भरेका छन् । प्रतिष्ठानको उपकुलपतिमा १६ जनाको नाम आएसगैं उपकुलपति हुनेहरुको दौडथुप समेत बढेको छ । आवेदन भर्नेमा अधिकांश प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुको रहेका छन् ।

प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले पनि प्रतिष्ठानमा कार्यरतलाई नै उपकुलपती बनाउनुपर्ने माग गरेका छन् । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको संयोजकत्वमा गठन गरेको तीन सदस्य उपकुलपति सिफारिस समिति (सर्च कमिटी)ले माघ ६ गते उपकुलपतिको लागी आवेदन मागेको थियो ।

देशकै ठूलो प्रतिष्ठानका उपकुलपतिका लागि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका पार्टी अध्यक्ष पुष्पकमल दाहाल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका छुट्टा-छुट्टै उम्मेदवार रहेका कारण उपकुलपति छान्नका लागि सर्च कमिटीलाई गाह्रो परिरहेको छ ।

समितिको सूचनाका आधारमा प्रतिष्ठानको उपकुलतिकोलागी १६ जनाले निवेदन दिएका छन् । जसमा ८ जना हाल प्रतिष्ठानमै कार्यरत रहेका छन् भने बाँकी प्रतिष्ठान बाहिरका रहेका छन् । आवेदक मध्ये केही दिन भित्रै पुनः बैठक बसी कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओली समक्ष आवेदन परेकामध्ये तीन जनाको नाम सिफारिस गर्ने तयारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले मुख्य प्रतिष्पर्धीको रुपमा प्रा.डा. गेहनाथ बराल, प्रा.डा. ज्ञानेन्द्र गिरी र प्रा.डा. गुरुप्रसाद खनाल रहेका छन् । प्रतिपक्ष दल नेपाली कांग्रेसले भने प्रा.डा. नारायणविक्रम थापालाई अगाडि सारेको छ । प्रतिष्ठानको उपकुलपतिको लागी प्रा.डा. राजेन्द्रप्रसाद साह, प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, प्रा.डा. प्रल्हाद कार्की, प्रा.डा. वीएन यादव, प्रा.डा. पारसकुमार पोखरेल, प्रा.डा. सन्जीवकुमार शर्मा, प्रा.डा. सीएस अग्रवाल, प्रा.डा. गजेन्द्रप्रसाद रौनियार, प्रा.डा. बद्रीप्रदास बडु, प्रा.डा. आरपी बिच्छा, प्रा.डा. अनिल मिश्र डा हरिशचन्द्र उप्रेती लगाएतले पनि आवेदन भरेका छन् ।

देशकै ठूलो प्रतिष्ठानका उपकुलपतिका लागि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका पार्टी अध्यक्ष पुष्पकमल दाहाल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका छुट्टा-छुट्टै उम्मेदवार रहेका कारण उपकुलपति छान्नका लागि सर्च कमिटीलाई गाह्रो परिरहेको छ । प्रधानमन्त्री र स्वास्थ्य मन्त्री र दाहालले फरक फरक व्यक्तिलाई उपकुलपति बनाउने लाईनमा रहेको बेला प्रतिष्ठानमा कार्यरत कर्मचारी तथा चिकित्सकहरुले भने प्रतिष्ठान भित्रैबाट उपकुपति बनाउनु पर्ने माग गरेका छन् ।

प्रतिष्ठानको सामान्य प्रशासन शाखाका बरिष्ठ कर्मचारी तथा डेलिकेसन समितीका संयोजक महेश्वर राईले प्रतिष्ठानको विकासलागी प्रतिष्ठानमै लामो समयदेखी सेवा गरेका प्रोफेसरलाई उपकुलपति बनाउनु पर्नै बताउनुभयो । प्रतिष्ठानमै योग्य र क्षमताबान व्यक्ति हुदा हुदै कोही कसैसँग नजिक भएकै कारण निजि अस्पताल सञ्चालक तथा विवादीत व्यक्तिलाई उपकुलपति आफुहरुलाई मान्य नहुने उहाँको भनाई छ ।

उहाँले प्रतिष्ठान वाहिरको व्यक्ति उपकुपतिहुँदा प्रतिष्ठान झन धारासायी बन्ने बताउदै प्रतिष्ठानको बारेमा राम्रो सग बुझेको यहाँको समस्या समाधान गर्नको लागी पनि प्रतिष्ठानमै लामो समय देखी कामगरिहेको व्यत्ति हुने पर्नै तर्क गर्नुभयो ।

प्रतिष्ठानका सामान्य सेवा सुविधामा लामो समयदेखी काम गरेका चिकित्सकहरुको लागी राज्यले दिने उच्च सम्मान उपकुलपती पद रहेको भन्दै चिकित्सा तथा दन्त चिकित्सा शिक्षक समाजका अध्यक्ष डाक्टर विष्णु पोख्रेलको भनाई छ । उहाँले प्रतिष्ठानमा आउने उपकुलपति स्वास्थ्य सेवा , अध्ययन अध्यापनसँगै अनुसन्धानमा समेत दखल राख्ने सक्षम व्यक्ति हुने पर्ने माग गर्नुभयो ।

प्रतिष्ठानले शिक्षा सेवासँगै अनुसन्धान पनि नेपालमा अब्बल प्रतिष्ठान भएको कारण पनि बाहिरबाट आउनेले प्रतिष्ठानमा काम गर्न नसक्ने उहाँको तर्क छ । कर्मचारी शिक्षक मात्र नभई स्थानियहरुले समेत प्रतिष्ठान भित्रबाटै उपकुलपति बनाउनु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्