एमसिसीको महत्व दीर्घकालीन छ: मन्त्री ज्ञवाली



अनिल खत्री, गुल्मी ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) महत्व दीर्घकालीन रहेको बताए ।

प्रेस संगठन गुल्मीले मंगलबार तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले एमसिसी अध्ययनकै क्रममा रहेकाले छिमेकी मित्र रास्ट्रबीचको सम्बन्ध नबिग्रने गरी एमसिसी अगाडि बढ्ने बताए ।

४९ देशमा यो लागू भएकाले एमसिसीका बारेमा अध्ययन गर्न आग्रह गरे । एएमसिसीको बिषयमा सूचना र ज्ञानको अभावका कारण जिम्मेवार नेताले समेत जनतामा गलत सन्देश फैलाएको मन्त्री ज्ञवालीको भनाई छ ।

मन्त्री ज्ञवालीले सरकारले भ्रष्टाचारविरुद्ध हमाला सुरु गरेको बताए । उनले अख्तियारमै बसेर पनि भ्रष्टाचार गर्ने प्रवृत्ति भएकाले त्यसको अन्त्य गर्न सरकार कटिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्