अछाममा एक वडाअध्यक्ष मृत भेटिए



न्युज अफ नेपाल, धनगढी ।

अछाममा एक जना वडाध्यक्ष मृत भेटिएका छन् ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वडाध्यक्ष धामीको शव मंगलबार बिहान भेटिएको हो । मृत वडाध्यक्ष धामीको हत्या भएको आशंका आफन्त र स्थानीयले गरेका छन् ।

प्रहरीले भने घटनाबारे थप अनुसन्धान भइरहेकाले अहिले नै हत्या भएको भन्न नसकिने जिकिर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्