चक्कु आक्रमण



लन्डन, (एजेन्सी)।

दक्षिण लन्डनको स्ट्रेटम इलाकामा आइतबार चक्कु प्रहार गरी आक्रमण गर्ने एक आक्रमणकारी प्रहरीको गोली प्रहारमा मारिए। लन्डन प्रहरीले यसलाई आतङ्कसँग जोडिएको हमला बताएकोे छ। हमलामा कैयौं घाइते भएको जनाइएको छ।

घटनाको जानकारी लगत्तै मेट्रोपोलिटन प्रहरी तत्काल सक्रिय भएको र नागरिकहरूलाई उक्त इलाका भएर नजान अपिल गरेको थियो। सामाजिक सञ्जालमा सादा पोसाकमा प्रहरीले सन्दिग्धको पिछा गरिरहेको देखिन्थ्यो। प्रधानमन्त्री बोरिस जोनसन र लन्डन मेयर सादिक खानले ट्विटरमा आपतकालीन सेवाका अधिकारीहरुलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्