अमेरिकालाई आरोप



बेइजिंग, (एजेन्सी)।

चीन सरकारले सोमबार कोरोना भाइरसको महामारीलाई लिएर संयुक्त राज्य अमेरिकाले सन्त्रास फैलाइरहेको आरोप लगाएको छ। अमेरिकाले शुक्रबार सार्वजनिक स्वास्थ संकटकाल घोषणा गरेर विगत दुई साताअघि चीन भ्रमण गरेका कुनै पनि विदेशी नागरिकलाई अमेरिकामा प्रवेश नदिइने घोषणा गरेपछि चीनले यो प्रतिक्रिया जनाएको हो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगले अमेरिकी व्यवहारको कारण अनावश्यक सन्त्रास मात्र फैलिएको बताएका छन्। चीनमा १७ हजार जनाभन्दा बढी मानिसमा यो भाइरस भेटिएको पुष्टि भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्