हेलिकोप्टर तोडफोड



नयाँदिल्ली, (एजेन्सी)।

भारतको मध्यप्रदेश राज्यको भोपालमा आइतबार एक एक्काइस वर्षीय युवक विमानस्थलको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै धावनमार्गसम्म पुगेका छन्। सुरक्षा व्यवस्थालाई चुनौती दिँदै विमानस्थलको पार्किङ र धावनमार्गसम्म पुग्ने क्रममा योगेश त्रिपाठी सुरक्षा निकायले गिरफ्तार गरेको छ।

स्थानीय समयानुसार आइतबार साँझ करिब ५ बजे त्यहाँ पुगेका उनले त्यसअघि पार्किङ स्थलमा रहेको राधास्वामी सत्सङ्गको हेलिकप्टर ‘अगस्ता एडब्ल्यु–१३९’ तोडफोड गरेका थिए। उनले हेलिकप्टरमा ढुङ्गा हानेर सिसा फुटाएको र अगाडिको भागमा पनि क्षति पु¥याएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्