ह्यारीको खर्च नबेहोर्ने



मन्ट्रियल, (एजेन्सी)।

क्यानाडाका नागरिकहरु बेलायतका राजकुमार ह्ययारी र उनकी पत्नी मेगन मार्कलको सुरक्षा खर्च उनीहरुको देशले बेहोर्न नहुने पक्षमा छन्। शाही पद र सुविधा त्यागेर ती बेलायती दम्पती क्यानाडाको ब्रिटिस कोलम्बियामा बसिरहेका छन्।

हालै गरेको एक सर्वेक्षणले ह्यारी र मार्कलको सुरक्षा जिम्मेवारी क्यानाडाको नहुनेमा स्पष्ट बहुमत देखिएको छ। सीटीभीका नानोस रिसर्चले कुरा गरेकामध्ये ७७ प्रतिशतले क्यानाडाका करदाताले ड्युक र डचेस अफ ससेक्सका लािग खर्च गर्न नहुने बताए। किनभने उनीहरु क्यानाडामा महारानीको प्रतिनिधिका रूपमा बसेका होइनन्।

प्रतिक्रिया दिनुहोस्