बाह्रबिसेमा पहिलोपटक ‘सर्वसम्मत’ नगरसभाः



नानीराम नेपाल, सिनधुपाल्चोक ।

बाह्रविसे नगरपालिकाको छैठौं नगरसभा सम्पन्न भएको छ । स्थानीय तह निर्वाचनको ३ बर्ष बित्नै लाग्दा बाह्रविसेमा सोमबार पहिलोपटक सौहार्दपुर्ण र सर्वसम्मत रुपमा नगरसभा सम्पन्न भएको हो ।

‘एकदम सौहार्दपूर्ण र सर्वसम्मत ढंगले नगरसभा सम्पन्न भयो, यसले बाह्रविसेमा अब कुनै बिमति छैन भन्ने प्रष्ट संकेत गरेको छ’, प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र पौडेलले भन्नुभयाे ।

यसअघिका नगरसभामा नगर कार्यपालिका सदस्यबीच नै मतभेद हुँदै आएको थियो । मेयर, उपमेयरसहित केही वडा तत्कालिन एमालेले जितेको यो नगरमा कार्यपालिकामा नेपाली काँग्रेसको बहुमत थियो । यसअघि नगरसभा नै बहिष्कारसम्मको अवस्था उत्पन्न हुँदा मेयर निमफुञ्जो शेर्पा र उपमेयर शुशिला पाख्रीनले बजारचोकमै पत्रकार सम्मेलन गरेका थिए ।

छैठौ नगरसभाले व्यवस्थित, विकसित र समृद्ध बाह्रविसे निर्माणका निम्ति विभिन्न योजना समेत सर्वसम्मत रुपमा पारीत गरेको छ । पाँचौ नगरसभाका केहि योजना, कार्यक्रम संसोधन भएका छन् । छैठौं नगरसभाले बाह्रबिसे बजार व्यवस्थापनका लागि २० लाख रुपियाँ बजेट पारीत गरेको छ ।

सडकछेउका पाली र छाना हटाउँदै फुटपाथ निर्माणका लागि २० लाख रुपियाँ बजेट समेत पारीत गरिएको मेयर निमफुञ्जो शेर्पाले बताउनुभयो । बजेट पारीत भएसँगै यथासिघ्र फुटपाथ निर्माणको काम थालनी गर्ने मेयर शेर्पाले सुनाउनुभयो ।‘सर्वसम्मत रुपमा नगरसभा सम्पन्न भयो, कार्यपालिका सदस्य एकमत भएर योजना, कार्यक्रम शंसोधन र बजेट पारीत गरिएको छ’, शेर्पाले भन्नुभयो ।

चालु आवको ६ महिनामा बाह्रविसे नगरपालिकाको चालु र पुँजीगत तर्फ ३५ प्रतिशत उपलब्धी हाँसिल भएको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्