दुर्घटना न्युनिकरणका लागि बुटवलमा टाईम कार्ड लागु



यमलाल भुसाल, बुटवल ।

पाँच नम्बर प्रदेश टृाफिक प्रहरी कार्यालय बुटवलले दुर्घटना न्युनिकरणका लागि ढुवानीका साधनमा टाईम कार्ड लागु गरेको छ । विशेष गरि ढुवानीका साधनमा पनि टिृपरलाई लक्षीत गरि टाईम कार्ड लागु गरेको कार्यालयले जनाएको छ ।

टिृपरको बढी स्पिडका कारण दुर्घटना हुने गरेको तथ्याकले देखाएपछि टृाफिक प्रहरीले गति नियन्त्रण गर्नका लागी टाईक कार्ड लागु गरिएको पाँच नम्बर प्रदेश टृाफिक प्रहरी कार्यालय बुटवललका प्रमुख प्रहरी उपरिक्षक मधुसुदन लुईटेलले बताउनु भयो ।

पाल्पा जिल्लामामात्र दुई साता अघि लागु गरिएको उक्त व्यवस्था रुपन्देही र पाल्पामा शुक्रवारदेखि लागु गरिएको टाईम कार्ड हाल लाई पाल्पाको हारथोक दखि दोभान सम्मको ४६ किलोमिट सडकमा २ घण्टा ३० मिनेट, पाल्पाको दोभान देखि रुपन्देहीको भैरहवा अंचलपुरसम्मको २८ किलोमिटर सडकमा ५६ मिनेट र दोभान देखि बुटवलको रामनगरसम्मको ११ किलोमिटरमा ३३ मिनेट भित्रमा पुग्नु पर्ने गरि प्रहरीले टाईम तोकेर ढुवानीका सवारी साधन संचालनको व्यवस्था मिलाएको छ ।

टृाफिक प्रहरीले लागु गरेको टाईम काडको उल्लघन गर्ने सवारी साधनलाई टृाफिक नियम अनुसार जरिवाना तिराईने र लगाता २ पटक भन्दा बढी नियम उल्लघन गरेमा ३ दिन सम्म नियन्त्रणमा राखेर जरिवाना तिराउने गरि व्यवस्था मिलाईएको प्रहरी उपरिक्षक लुईटेलले बताउनु भयो ।

 

पाल्पाको हारथोकवाट जारी गरिएको टाईम कार्डको दोभानमा अनुगमन तथा दोभाननवाट जारी गरिएको टाईम काडको रुपन्देहीको अंचलपुर र रामनगरमा अनुगमन गर्ने गरि व्यवस्था मिलाईएको पाँच नम्बर प्रदेश टृाफिक प्रहरी कार्यालय बुटवलका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक राम प्रकाश शाहले बताउनु भयो ।

यो अभियान संचालनका लागि चालक र सहचालकलाई अन्द स्र्पोटमा नै गति नियन्त्रण, दुर्घटना, सवारीको लेन टृाफिक नियम र टाईम कार्डका वारेमा प्रशिक्षण समेत गराउने गरेको प्रनाउ शाहले बताउनु भयो ।

त्यसै गरि टृाफिक प्रहरीले बढी दुर्घटना हुने स्थलका रुपमा बुटवलको जितगढी , सिद्धवावा मँन्दीर नजिकै र धागो कारखाना अगाडी टृाफिक सचेतना सम्बन्धी नारा लेखिएको होर्डिगं वोड समेत राखेको जनाएको छ । टाईम काड लागुभएसंगै वजार क्षेत्रमा २० र वजार बाहिर ३० को स्पिडमा सवारी चलाउनु पर्ने भएको छ ।

टृाफिक प्रहरीले संचालन गरेको टाईम कार्ड लागु भएपछि वजार क्षेत्रमा घुइकिने टिृपरको गति नियन्त्रण भएको छ । प्रहरीले यस अभियानलाई शहरी क्षेत्र र बढी टिृपर संचालन हुने एरियामा क्रमिक रुपमा लागु गदै जाने र दुर्घटना घटे नघटेको अनुगमन गरि सार्वजनिक समेत गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्