चीनमा कोरोना संक्रमित एक महिलाले स्वस्थ बच्चालाई जन्म दिइन्



बेइजिङ । चीनमा नोभेल कोरोना भाइरस संक्रमित एक महिलाले स्वस्थ बच्चालाई जन्म दिएकी छिन् ।

महिलाले उत्तरपूर्वी चीनको हइलोजियाङ प्रान्तको हर्बिनस्थित एक अस्पतालमा जनवरी ३० मा एक स्वस्थ छोरीलाई जन्म दिएको हर्बिन नगर स्वास्थ्य आयोगले सोमबार पुष्टि गरेको छ ।

उक्त महिलाको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि शल्यक्रिया मार्फत बच्चा निकालिएको थियो । शल्यक्रियापछि उनको आइसोलेसनमा राखेर थप उपचार भइरहेको छ ।

साढे तीन केजी तौल रहेको उक्त शिशुको दुई पटकसम्म कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्