गोलीबाट तीनको मृत्यु



मन्ट्रियल, (एजेन्सी)।

क्यानडाको राजधानी टोरोन्टोको एक भाडामा रहेको अपार्टमेन्टमा भएको गोलाबारीमा तीन जनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्। शुक्रबार राति भएको उक्त गोली प्रहारको घटनामा उनीहरूको मृत्यु भएको र चौथो व्यक्ति घाइते भएको ट्विटमार्फत् प्रहरीले जानकारी दिएको हो।

घटनामा पाँचौँ व्यक्तिलाई चक्कु प्रहारमा चोट लागेको तर उनको अवस्था खतरामुक्त रहेका जनाइएको छ। मृतकहरूको नाम नखुलाइएको तर उनीहरू २२, २० र १९ वर्षका भएको बताइएको छ। क्यानडामा हालैका वर्षमा बन्दुक प्रहारको घटनामा वृद्धि भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्