हिन्दु अध्यक्षको हत्या



लखनउ, (एजेन्सी)।

उत्तर प्रदेशको राजधानी लखनउमा आइतबार अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजित बच्चनको गोली हानी हत्या गरिएको छ। प्रदेश राजधानीनजिकै हजरतगन्जमा आफ्ना भाइसँग मर्निंग वाकमा निस्केको बेला बच्चनको हत्या भएको हो।

बाइकमा आएका बन्दुकधारीहरूले उनको टाउकोमा गोली प्रहार गरेको र घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जानकारी दिए। उनका भाइलाई पनि गोली लागेको र उनको उपचार भइरहेको प्रहरीले बताए। प्रदेशको महत्वपूर्ण मानिने उक्त इलाकामा विधानसभा, सचिवालय र सम्पुर्ण सरकारी कार्यालयसहित अधिकारी तथा मन्त्रीको आवास पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस्