हत्याराको खोजि



जोहान्नेसवर्ग, (एजेन्सी)।

दक्षिण अफ्रिकाको प्रहरीले राजधानी जोन्नेसवर्गदेखि पश्चिममा पर्ने एउटा जिल्लामा नौ जना अवैध खानी कामदारलाई ढुङ्गाले हिर्काएर मार्ने व्यक्तिहरूको व्यापक खोजी गरिरहेका छन्। लेसोथोबाट आएका ती कामदारहरूका लाश म्याथोलेभिल्ले शहरका सडकहरूमा भेटिएका थिए।

अर्को एकजना गम्भीर घाइतेलाई अस्पतालमा पुर्याइएको छ। ‘ जामा जामाज ’ को नामले पनि चिनिने यस्ता हजारौ संख्याका अवैध कामदारहरू दक्षिण अफ्रिकामा कार्यरत रहेका छन्। विपक्षी कामदारहरू बिचको भिडन्तका घटनालाई यहाँ सामान्य नै मानिन्छ। प्रहरीले आशंकित ८७ जनालाई पक्राउ गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्