ललित सिंह, बझाङ ।
केहि बर्ष अगाडी जिल्ला अस्पताल बझाङको सेवा प्रवाहप्रति ब्यापक असुन्तुष्टि रहेको थियो । अस्पतालमा आउने बिरामीहरुले उपचार सेवा राम्रो नपाउने र अस्पतालमा आवश्यक उपकरणसहित डाक्टरहरु नहुँदा कुनै बेला अस्पतालप्रति जनबिश्वास घट्दो थियो । आन्तरिक व्यवस्थापनको फितलो र वाह्रय बाताबरणसहित पूर्वाधारको अभाबले अस्पताल आफै बिरामी परेजस्तो थियो ।
तर अहिले दुर्गम जिल्ला बझाङ अस्पतालमा सात जना डाक्टरहरु नियमित बस्ने गरेका छन् । अप्रेशनसहित अन्य बिरामीको उपचार हुने गरेको र पूर्वाधार सहित बाह्रय बाताबरण पनि राम्रो हुँदा अस्पताल आउने जो कोही पनि अस्पतालको सेवा सुबिधादेखि खुसी छन् ।
आईतबार उपचार गर्न आएकी मस्टा गाउँपालिका ३ की सिन्की कठायतले भनिन् आजकाल जिल्ला अस्पतालको सेवा सुबिधा राम्रो भएको देख्दाँ खुसी लागेको छ । अगाडी डाक्टर नहुने साथै ऐक्सरे,ल्याप सेवा समयमै नहुँदा झन्झेट हुने गरेको थियो उनले भनिन् अहिले चौबिसैँ घण्टा आवश्यक सेवा दिने ब्यावस्था गरेको हुदाँ बिरामीहरुलाई धेरै राहत भएको छ । उहाँ जस्तै अन्य अस्पतालमा सेवा लिन आएका सेवाग्राहीहरु पनि अस्पतालको सेवा प्रवाह देखेर सन्तोष्ट्ी देखिन्थे ।
अस्पतालको पुरानो अवस्थालाई सुधार गरी ब्यावस्थीत र सुबिधा सम्पन्न अस्पतालका रुपमा बिकास गरिन थालेको अस्पतालका सुचना अधिकारी गंगा प्रसाद जोशीले बताउनु भयो ,उनले भने केहि बर्ष अगाडी जिल्ला अस्पतालको सेवा सुबिधा प्रति जनताहरुको गुनासो नआएको हैन् पछिल्लो समयमा कर्मचारी र अस्पताल प्रशाशनको ईच्छा शक्तिका कारण अस्पतालको अवस्थामा राम्रो सुधार भएको छ । २०४४ सालमा स्थापना भएको १५ सैयाको जिल्ला अस्पतालमा आन्तरिक ब्यावस्थापन गरेर हाल ३२ सैयाको अस्पताल बनाएको छ ।
साथै अहिले ईमरजेन्र्सी सेवा,प्रस्तुती सेवा ,ओपिडी सेवा, डेन्टल सेवा,ल्याप सेवा,थाईराट सेवा,एैक्सरे,भिडियो ऐक्सरे अप्रेशन सेवा लगायत अन्य बिरामीलाई आवश्यक उपचार सेवा छिटोछरीतो दिईरहेको छ । अस्पतालमा अहिले बिरामीहरु आउने बित्तीकै चेकजाँच र उपचार छिटोछरीतो हुनका साथै बिरामीहरुको गुनासो नआओस् भन्ने कुरामा अस्पताल सजक रहेको छ ।
जिल्ला अस्पताल बझाङमा अहिले एडभान्स एसबिए प्राप्त डाक्टर सहितअन्य मेडिकल अधिकृतहरु चौबिसै घण्टा जिल्ला अस्पतालमा हुँदा उपचार गर्न आउने बिरामीहरुको संख्या पनि बढ्दै गैरहेको छ । अस्पतालकी ईन्डोर ईन्चार्ज लक्ष्मी देबी शाहीले भनिन् हाम्रो बझाङमा डाक्टर नबस्ने धेरै समस्या थियो अहिले एकै अस्पतालमा सात जना डाक्टर पाउँदा सेवा प्रभाबकारी भएको बताईन् । उनले भनिन् अस्पतालका प्रमुख डाक्टर सन्दिप ओखेडा सहित अन्य ,डाक्टर एकेन्द्र खड्का, मिलन खड्का, योगेन्द्र खाती स्थानीय भएकाले पनि उपचार सेवा राम्रो भएको बताई्न् । अहिले जिल्ला अस्पतालमा बिभागले २ जना डाक्टर कारारमा पठाएको छ भने प्रदेस सरकारबाट १ जना करारमा समितिबाट १ जना करारमा ,निकसाईमन संस्थाबाट २ जना डाक्टर सहित अस्पतालको दरबन्दीका १ जना डाक्टर गरी ७ जना डाक्टरहरु कार्यरत रहेका छन् ।
अस्पतालमा अप्रेशन काममा संग्लन हुने डाक्टर मोताव अन्सारीले भने बझाङ अस्पतालको सेवा धेरै राम्रो र प्रभाबकारी भएको छ ,अब हामीलाई १ जना एमडिजीपी डाक्टरको आवश्यक रहेको बताउनु भयो । अस्पतालको अहिले नयाँ निर्माण हुन थालेको ५० सैयाको भवन पुरा भए पछि अस्पताल अझै ब्यावस्थीत हुने देखिन्छ । अस्पतालको बाह्रय बाताबरण साथै घेरवार, रंगरोगवन , गरेको हुँदा अस्पताल हेदाँ पनि चिटिक्क सफा देखिन्छ ,सबै कमर्चारीहरु आ आफ्रनो फाटमा कार्यरत भएका र बिरामीलाई तत्काल उपचारसेवा दिने हुँदा अस्पताल आजकाल सुधार भएको सेवाग्रहीको महशुस छ ।
अस्पताल ब्यावस्थापन समितिका अध्यक्ष लाल बहादुर खड्काले भने अहिले बझाङ अस्पतालको ब्यवस्थापकीय टिमदेखि कमर्चारी, डाक्टरहरुको टिम मिलेको छ , जस्का कारण सरकारी अस्पतालप्रतिको हेर्ने दृष्ट्किोणमा सुधार आएको छ ।











प्रतिक्रिया