लागुऔषध रोक्ने जनप्रतिनिधिलाई सम्मान


न्युज अफ नेपाल, हेटौंडा ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरेको छ । आइतबार कार्यालयले मकवानपुरका विभिन्न भागमा रहेको लागुऔषध खेती रोकी सहजीकरण गर्न जनप्रतिनिधिको समेत साथ आवश्यक रहेको बताउँदै सम्मान गरेको हो ।

लागुऔषध नष्ट गर्नुमात्र सफलता नभएको र त्यसको बिकल्पको बाटो खुलाउन सहजीकरणका लागि जनप्रतिनिधिसँग कार्यालयले सहयोगको अपेक्षासहित सम्मान गरेको हो ।

कार्यक्रममा हेटांैडा उपमहानगर उपमेयर मीना लामा, थाहानगर, मकवानपुरगढी, राक्सिराङ, बागमती, बकैया, मनहरी र भीमफेदीलगायत गाउँपालिकाका जनप्रतिनिधिको उपस्थिति थियो । कार्यक्रम प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिं राठौरले सहजीकरण गर्दै जनप्रतिनिधिलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

समुदाय–प्रहरी साझेदारी अवधारणाअनुरुप जिल्ला प्रहरी कार्यालय मकवानपुरको सभाहलमा समुदाय–प्रहरी साझेदारीमा उल्लेखनीय सहयोग पुर्याएवापत् १० वटै स्थानीय तहलाई संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट प्राप्त प्रसंशापत्रसहित सम्मान गरिएको हो ।

निर्वाचित जनप्रतिनिधिलाई मकवानपुरमा रहेको लागुऔषध गाँजा तथा अफिम खेती, ओसारपसार, बिक्री बितरणलगायत अपराधको अबस्थाबारे प्रस्तुतिकरण तथा यसको न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर र स्थानीय तहको सहकार्यबारेमा प्रउ राठौरले प्रकाश पार्नुभएको थियो ।