बिरामी डिस्चार्ज



बेइजिङ, (एजेन्सी)।

चीनमा कोरोना भाइरसबाट संक्रमित भएका बिरामीमध्ये शुक्रबार रातिसम्ममा २ सय ४३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएको चिनियाँ अधिकारीहरूले बताएका छन्। तिनीहरूको भनाइलाई औपचारिक राष्ट्रिय समाचार निकाय सिन्ह्वाले पनि पुष्टि गरिसकेको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोग ‘एनएचसी’ का अनुसार बिरामीको शरीरको तापक्रम सामान्य अवस्थामा आएपछि र कोरोनाका लक्षण हटेकाले तिनीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो।

शरीरको तापक्रम कम्तिमा तीन दिनसम्म सामान्य स्थितिमा रहेमा र दुई पटकसम्मको न्यूक्लिक एसिड परीक्षणमा नकारात्मक परिणाम देखिएका बिरामीलाई डिस्चार्ज गरिएको हो।

प्रतिक्रिया दिनुहोस्