कामदारको मृत्यु



मस्को, (एजेन्सी)।

रुसी शहर सेन्ट पिटर्सवर्गमा एउटा खेलकुद रंगशाला पुनर्निर्माण कार्यमा सरिक एक कामदारको छत भत्किँदा ज्यान गएको सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन्। ड्रोनले खिचेको भिडियो फुटेजमा ती व्यक्तिले एसकेके पिटरवर्गस्कीमा ठड्याइएका फलामका पाइपहरू काट्दै गर्दा अचानक छाना खसेको देखिन्छ।

उनले ज्यान जोगाउन नजिकै क्रेनमा झुण्ड्याइको पिंजडामा जान असफल प्रयास गरेको पनि देखिन्छ। नाम नखुलाइएका ती २९ वर्षीय पुरुषको शव पछि भग्नावशेषमा पुरिएको अवस्थामा फेला परेको थियो। उनको साथमा काम गरिरहेका अन्य तीनजना कामदार सकुशल रहेका छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्