गर्मीले बढ्यो खतरा



सिडनी, (एजेन्सी)।

अस्ट्रेलियामा तातो हावा अर्थात् लु चलेकाले फेरि आगो फैलिने खतरा बढेको छ। दक्षिणी राज्यमा बिहीबारको तापक्रम ४० डिग्री सेल्सियस नाघेको थियो। यहाँ कयौं त्यस्ता क्षेत्रमा चेतावनी जारी गरिएको छ जहाँ आगलागी हुने आशंका छ।

गर्मी हावा शुक्रबारसम्ममा क्यानबेरा र मेलबर्न पुग्न सक्ने बताइएको छ। गर्मी तथा सुख्खा हावाका कारण न्यु साउथ वेल्स र विक्टोरियामा जंगलमा आगो फैलिने स्थिति उत्पन्न भएको छ।

त्यहाँ अहिले पनि ८० भन्दा धेरै स्थानमा आगो फैलिएको स्थिति छ। आपत्कालीन सेवा निकायले नागरिकहरूलाई आगलागीप्रति अत्यन्तै सचेत रहन भनेको छ।

प्रतिक्रिया दिनुहोस्