सेना बढाइने



बामाको, (एजेन्सी)।

मालीका प्रधानमन्त्रीले बिहीबार मुलुकमा बढ्दै गइरहेको विभिन्न इस्लामिक लडाकू समूहहरूको आक्रमणको खतरालाई ध्यानमा राख्दै सरकारको ठूलो संख्यामा सैनिक भर्ती गर्ने योजना रहेको जानकारी पत्रकारहरूलाई दिएका छन्।

प्रधानमन्त्री बोउबोउ सिस्सेले केही महिनाभित्रै थप दस हजार सेना भर्ती गरिने बताएका छन्। अहिले नै मालीको कूल सैनिक संख्या करिब २० हजार रहेको छ।

केही महिना यता मालीमा अलकायदा र इस्लामिक स्टेटजस्ता लडाकू समूहसँग आवद्ध लडाकूहरूको आक्रमणमा दर्जनौं सेनाको ज्यान गइसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्