क्रिस गेलले पोखराबाट ईपीएल खेल्ने



न्युज अफ नेपाल, काठमाडौं ।

वेष्ट इण्डिजका स्टार क्रिकेटर क्रिस गेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

विस्फोटक ब्याट्सम्यान गेलले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् । पोखराले बिहिबार पत्रकार सम्मेलन गर्दै गेललाई आइकनिक खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ ।

ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

क्रिकेटमा युनिभर्स बोसमा नामले परिचित गेल तीनै फर्म्याटको क्रिकेटमा कीर्तिमानधारी खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्