प्रदर्शनमा दुईको मृत्यु



कोलकाता, (एजेन्सी)।

पश्चिम बंगालको मुर्सिदावाद जिल्लाको जालंगीमा नागरिकता संशोधन कानुन (सीएए) विरद्ध प्रदर्शन र बन्दका क्रममा दुई समूहबीचको हिंसामा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन्।

प्रहरीले गोली प्रहारबाट ५५ वर्षीय अनवारुल विश्वास र मकबुल शेखको मृत्यु भएको पुष्टि गरेको छ। गोली प्रहारमा घाइते दुई जनाको मुर्सिदावाद मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ।

आक्रमणकारीका बारेमा जानकारी दिन प्रहरीले अस्वीकार गरेको छ। सीएए विरोधी नागरिक मञ्च नामक एक स्थानीय संगठनले सीएएको विरोधमा बन्द आह्वान गर्दै प्रदर्शन गरिरहेको बेला अर्को समूह आएर गोली प्रहार गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्