दोहरो भिडन्त



काबुल, (एजेन्सी)।

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिवानी लडाकूको आक्रमणमा कम्तीमा १२ जना सैनिक र एकजना प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले बुधबार जनाएकोे छ।

स्थानीय टेलिभिजन एरिआना न्यूजले बुधबार तालिवान लडाकूको एक समूहले आर्र्ची जिल्लाको सदरमुकाममा आक्रमण गर्दा तिनीहरू सबैको घटास्थलमै मृत्यु भएको प्रान्तीय परिषद्का प्रमुख सफिउल्लाह अमिरीले बताएका छन्।

घटनामा अन्य आठजना सैनिक र चारजना प्रहरी घाइते भएको र तिनीहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। यस घटनामा १५ जना तालिवानी लडाकूको पनि मृत्यु भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्