शहर कब्जा



दमास्कस, (एजेन्सी)।

सिरियाली सरकारी फौजले विपक्षी लडाकूहरूको अन्तिम पकड क्षेत्रको रुपमा रहेको इदलिव प्रान्तको सामरिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मारात अल नुमान शहरमाथि पुनः कब्जा जमाएको दावी गरेको छ।

सरकारी सञ्चार माध्यमले दोहरो भिडन्तमा जिहादी लडाकू पक्षको ठूलो मानवीय क्षति भएको जनाएको छ।

यसअघि एउटा अनुगमन टोलिले भने लडाकूहरू आफैं सो शहरबाट पछि हटेको जनाएको थियो। यस शहरको एक प्रमुख राजमार्ग सेवाका लागि ठूलो महत्वको विषय रहेको छ। हजारांै महिला तथा बालबालिका भिडन्तग्रस्त क्षेत्रबाट भागेका छन्।

प्रतिक्रिया दिनुहोस्