शक्तिशाली भूकम्प



मायामी, (एजेन्सी)।

जमैकाको नजिकै क्यारेबियन सागरमा ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प महसुस गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जानकारी दिएको छ। भूकम्पका कारण सुनामी आउने खतरा छ।

मंगलबार अपरान्ह करिब १ बजे आएको उक्त भूकम्पको केन्द्रबिन्दु ल्युसियोबाट उत्तर पश्चिम १ सय २५ किलोमिटर दुरीमा १० किलोमिटरको गहिराइमा रहेको बताइएको छ। भूकम्पले कोही हताहत भएको समाचार आएको छैन।

भूकम्पको धक्का क्युबामा पनि महसुस गरिएको थियो। हवाईस्थित प्रसान्त सुनामी चेतावनी केन्द्रले भूकम्पको केन्द्रबाट ३ सय मिटरको दायरामा रहेको तटमा ठूलो सुनामी आउन सक्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्