होटलमा खाद्य स्वच्छताको अवस्था सन्तोषजनक


विष्णु तिमिल्सिना, बर्दिया ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले खाद्य स्वच्छता सम्बन्धि होटल तथा रिर्सोट अनुगमन, मुल्यांकन र स्तरिकरण गरी वर्गीकरणको लोगो अंकित स्टिकर तथा प्रमाणपत्र वितरण गर्ने कार्य ठाकुरद्धारा क्षेत्रमा सम्पन्न गरेको छ । अनुगमनका क्रममा सो क्षेत्रका होटल तथा रिर्सोटहरु खाद्य स्वच्छताको दृष्टिकोणले राम्रो अवस्थामा भएको पाईएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको प्रवेशद्धार वरपर रहेका ती होटल तथा रिर्सोटहरुको मूल्यांकन गरी स्तरीकरणको स्टिक वितरण गर्दा पर्यटकहरुलाई खाद्य स्वच्छता प्रति विश्वस्नीयता बढ्ने र पाहुनाहरुलाई आकर्षित गर्न मद्धत पुगेको छ ।

उक्त कार्यका लागि नवगठित खाद्य स्वच्छता सहजीकरण समुहको अनुगमन टोलिमा सहभागिता रहेको थियो । अनुगमन टोलिमा खाद्य अनुसन्धान अधिकृत विवेक सुवेदी, पर्या पर्यटन विकास मञ्चका अध्यक्ष मोहन चौधरी, होटल व्यवसायी प्रतिनिधी कृष्ण प्रसाद भट्टराई, सोनरा रुरटिकस, राष्ट्रिय उपभोक्ता मञ्चका सदस्य पार्वती लम्साल, उद्योग वाणिज्य संघका प्रतिनिधी मनोज कुमार यादव र सञ्चारकर्मी राम बहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

अनुगमन तथा मूल्यांकनको क्रममा वेष्ट नेपाल एडभेन्चर प्रा.लि(टाईगर टप्स) ले सर्वाधिक अंक ८८ ल्याई उत्तम श्रेणीमा वर्गीकरण भएको छ । त्यसै गरी उत्तम श्रेणी प्राप्त गर्नेमा बबई रिसोर्ट (८७), बर्दिया होमस्टे प्रा.लि (८५), जंगल हेभेन होटल एण्ड कटेज (८५), बर्दिया ईको फ्रेन्ड्ली होमस्टे (८४), बर्दिया वाइल्डलाईफ रिसोर्ट(८४), बर्दिया टाईगर रिसोर्ट(८४), फरेष्ट हाईड वे होटल एण्ड कटेज (८२), बर्दिया ईको लज (८०) र नेचर सफारी लज एण्ड रिसोर्ट (८०) रहेका छन।

त्यसै गरी सन्तोष –जनक स्तरमा वर्गीकरण भएका हरुमा रेसी सेड रिसोर्ट(७७), मिस्टर बि.एस. प्लेस(७७), रिभर साईड भ्यूपार्क रिसोर्ट(७७), बर्दिया किङ्गफिसर रिसोर्ट(७७), थारु होम रिसोर्ट(७६), समर्थ बर्दिया एडभेन्चर रिसोर्ट(७४), राईनो लज बर्दिया प्रा.लि(७४), बर्दिया फरेस्ट रिसोर्ट(७१), बर्दिया जंगल रिसोर्ट(६६), म्याङ्गो ट्रि लज(६६), बर्दिया गैंडा क्याम्प (६६), बर्दिया जंगल कटेज(६६), अञ्जलीज डल्फिन रिसोर्ट प्रा लि(६६) र जंगल बेस क्याम्प(६५) रहेका छन् ।
होटल तथा रेष्टुरेण्ट अनुगमन मूल्यांकन निर्देशिका अनुसार ५० देखि ६४ अंक सामान्य, ६५ देखि ७९ अंक सन्तोषजनक, ८० देखि ८९ सम्म उत्तम र ९० देखि माथि अंक प्राप्त गर्ने सवै अतिउत्तम का श्रेणीमा बर्गीकरण गरिने व्यवस्था रहेको कुरा खाद्य अनुसन्धान अधिकृत विवेक सुवेदीले बताउनु भयो ।

Skip This