एसकेआईएफ टिम च्याम्पियन



काठमाडौं, (नेस)।
आयोजक नेपाल सोतोकान कराँते संघ (एसकेआईएफ) १२औं कानाजावा कप अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। एसकेआईएफले ९ स्वर्ण, १० रजत र १५ कांस्य जित्यो।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा अवस्थित कराँते हलमा भएको प्रतियोगिता नेपालकै अन्तर्राष्ट्रिय मार्सल एसोसिएसन (आईएमए) ५ स्वर्ण, ५ रजत र ७ कांस्यसाथ दास्रो भयो।
तेस्रो स्थानको भारतले ३ स्वर्ण, २ रजत र १० कांस्य जित्यो। प्रतियोगिताको पुरुषमा राहुल गुप्ता तथा महिलामा सीमा लामा उत्कृष्ट खेलाडी घोषित भए।
दुवै नेपालका हुन्। राहुलले २५ केजी तथा सीमाले ४५ केजी तौलसमूहमा स्वर्ण जितेका थिए।विजेतालाई आयोजक एसकेआईएफका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ, उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यलगायलते पुरस्कृत गरेका थिए।

दुईदिने प्रतियोगितामा ३२ स्वर्णका लागि नेपालबाट २ सय ८, भारतबाट ३५ र पाकिस्तानबाट २ गरी २ सय ४५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्