गाडेर राखिएको हतियार र गोली फेला



न्युज अफ नेपाल, सुनसरी ।

सुनसरीमा कुखुरा पाल्ने खोर मुनि गाढेर राखेको अवस्थामा एक थान एसएमजि र विभिन्न हतियारमा प्रयोग हुने गोली फेला परेको छ ।

सुनसरीको बराहाक्षेत्र नगरपालिका–५ स्थित खेमराज प्रधानको कुखुरा पाल्ने खोर मुनि गाढेर राखेको अवस्थामा एक थान एसएमजि र विभिन्न हतियारमा प्रयोग हुने नौ हजार ९८२ राउण्ड गोली फेला परेको हो ।

करीब पाँच वर्ष अगाडि ढलान गरेर निमार्ण गरेको कुखराको खोरमा भेटिएको गोली तत्कालीन द्वन्द्वकालमा प्रयोग भएको हुन सक्ने अनुमान गरिएको छ । धेरै वर्षदेखि उक्त ठाउँमा प्रधानले कुखुरापालनसमेत गर्दै आएका थिए ।

प्रारम्भिक चरणमा प्रहरीले मुचुल्का उठाउँदै यो कहिले र कस्ले गोढेर राखेको अहिले भन्न नसकिए पनि अनुसन्धान गर्दै जाँदा खुल्दै जाने प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए ।

सशस्त्र द्वन्द्वकालमा प्रयोग भएको हुन सक्ने अनुमान गरिएका गोली तीन प्लाष्टिकका ड्रममा व्यवस्थित ढङ्गले गाडेर राखिएको अवस्थामा भेटिएको थियो ।

नेपाली सेनाको विशेष सक्रियतामा गाडिएको अवस्थाबाट निकालिएको उक्त गोलीलाई कानूनी प्रक्रियाअनुसार सुरक्षित राखिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्