अवैध रुपमा भन्सार छलि लैजान लागेको सुन तथा ल्यापटपसहित २ पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट अवैध रुपमा भन्सार छलि गरी लैजान लागेको १ सय ४९ ग्रामको सुनको बाला ३ थान र ल्यापटप ३ थान एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ७ चाबहिल मैजुबहाल बस्ने सर्लाही लालबन्दी नगरपालिका ५ घर भएका २३ वर्षीय बिक्रम पोखरेल रहेको प्रहरीले जनाएको छ ।

बाहिरी मुलुकबाट काठमाडौं आएका यात्रुहरुलाई भन्सार छलि गर्न लगाई उक्त परिमाणको सुन र ल्यापटप संकलन गरी लैजान लागेको अवस्थामा उनलाई प्रहरीले बिहिबार पक्राउ गरेको हो ।

साथै नेपाल एयरलाइन्सको उडानद्वारा दुबइबाट काठमाडौं आएका पर्बत फलेवास नगरपालिका(११ घर भएका राहदानी नम्बर ०५७२५०८१ वाहक २७ वर्षीय बिनोद कडेंललाई भन्सार छलि लैजान लागेको ९९ गाम्रको सुनको बाला २ थानसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । बिमानस्थलको पार्किङ एरियामा जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको सुन सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद सुन तथा ल्यापटपसहित आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय गौचरन पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।